
काठमाडौं। कांग्रेस सांसद अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताको विषयमा प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसधाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद चौरसियाले लामिछानेको नाम नलिएरै आफूले विदेशी नागरिकता त्यागेको निस्सा नभएको सुनेको भनेका थिए ।
लगत्तै नियमापत्ति गर्दै रास्वपा सभापति लामिछानले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सदनमा उठाउन नपाइने व्यवस्था रहेको बताए।
आफूले नागरिकताका सम्बन्धमा आवश्यक सबै कागजात सर्वोच्च अदालतमा उपलब्ध गराइसकेको बताउँदै लामिछानले प्रश्न गरे, ‘मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ?’ उनले भने ।
उनले भने, ‘अदालतमा विचराधीन रहेको विषय सदनमा उठाउन पाइँदैन। आफ्ना कुरा राख्नुहोला, सुनेका भरमा आरोप लगाउने हो भने संसदको गरिमा कहाँ पुग्ला ? यो संसदीय रेकर्डबाट हटाइयोस्।’
अदालतमा रहेको विषयमा बोल्न छाडेर आफ्नो कुरा सदनमा राख्न लामिछानेले चौरसियालाई आग्रह गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend