logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • रूकुम पश्चिममा यात्रु सवार जिप दुर्घटना, पाँच जना गम्भीर घाइते

    रूकुम पश्चिममा यात्रु सवार जिप दुर्घटना, पाँच जना गम्भीर घाइते

    1.6K
    Shares
    रूकुम पश्चिममा यात्रु सवार जिप दुर्घटना, पाँच जना गम्भीर घाइते

    रुकुम पश्चिम । रुकुम पश्चिममा यात्रु सवार जीप दुर्घटना भएको छ।

    जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमकाका अनुसार सानीभेरी–५ मेल्चोरबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको हो ।

    सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसको जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा  घाइते भएका एक शिशु, दुई महिला र दुई पुरूषसहित पाँच जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताए।

    थप ११ जना घाइतेहरूलाई उद्धार गरी सल्ले अस्पताल लैजान लागिएको उनले जानकारी दिए।

    निरन्तरको बर्षाका कारण घाइतेको उद्धारमा कठिनाई भएको उनले बताए। ‍प्रहरी घटनास्थलमै रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend