सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

घण्टीलाई बजाउन मात्र हैन, घण्टीले बजाउन पनि मिल्छ: रवि लामिछाने

घण्टीलाई बजाउन मात्र हैन, घण्टीले बजाउन पनि मिल्छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट दायर भएकोमा आफूँ इरिटेट भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ भन्दै मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्’

उनले सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नं २२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य सुनिश्चित गरेको जिकिर समेत गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरी नेपाली नागरिकता पुनः कायम गराएको पनि उनले बताएका छन् ।

लामिछानेले अगाडि लेखेका छन्– ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले २०८० जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल २०७५ असार ६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ,’

घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ भन्दै रविले चेतावनी समेत दिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend