logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुकुम पश्चिम जिप दुर्घटना अपडेटः सुत्केरी आमा र बच्चासहित ५ जनाकाे ज्यान गयाे

    रुकुम पश्चिम जिप दुर्घटना अपडेटः सुत्केरी आमा र बच्चासहित ५ जनाकाे ज्यान गयाे

    2K
    Shares
    रुकुम पश्चिम जिप दुर्घटना अपडेटः सुत्केरी आमा र बच्चासहित ५ जनाकाे ज्यान गयाे

    काठमाडौं । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा भएको जिप दुर्घटनामा सुत्केरी आमा र बच्चासहित पाँच जनाको ज्यान गएको छ।

    सानी भेरी गाउँपालिकादेखि रुकुम पश्चिमको खलङ्गा जाँदै गएको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।

    इलाका प्रहरी कार्यालय बाँफिकोटले बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरी धारामा जिप दुर्घटना भएको जनाएको छ।

    ज्यान गुमाउनेमा मृतकको सानो भेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्।

    यस्तै, वर्ष ५० को देउचन खत्री र २३ वर्षीया शीतला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलङ्गा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जानकारी दिए ।

    घटना स्थलमा पानी परिरहेकोले उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend