सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

लोसपा मधेश सरकारमा सहभागी हुँदै , बन मन्त्रालयको जिम्मेवारी

लोसपा मधेश सरकारमा सहभागी हुँदै , बन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सामेल हुने भएको छ ।

सत्ता साझेदारीमा सहमति जुटेसँगै लोसपाले प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी हुने भएको हो ।

सो मन्त्रालयमा प्रदेशसभा सदस्य रमेश पट्टेललाई पठाउने निर्णय लोसपाले गरेको छ । संघीय सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शरदसिंह भण्डारी सहभागी भएका छन् ।

मधेश प्रदेश सरकारमा अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् भने नेपाली कांग्रेसका दुई तथा नेकपा एसका एक मन्त्री छन् । भने जनमत पार्टीबाट कृषिमन्त्री रहेका वसन्त कुशवाहा विना बिभागियमन्त्रीको रुपमा रहेका छन् ।

जनमतले पाएको कृषि मन्त्रालय खोसेर नेकपा एसलाई दिएको भन्दै प्रदेश सरकारप्रति जनमत असन्तुष्ट रहेको छ भने माओवादी केन्द्रपनि पर्ख र हेरकै नीतिमा रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend