logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

    पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

    1.1K
    Shares
    पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

    एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।

    पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दोस्रो विष्फोटमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ भने आक्रमणमा संलग्नको खोजी भइरहेको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । अहिलेसम्म कुनै व्यक्ति वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

    यसैबीच, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा रहेको एक प्रहरी चौकीमा शुक्रबार बिहान भएको विस्फोटमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

    घटनाको अनुसन्धान भइरहेको खैबर जिल्लाका प्रहरी अधिकृत सलीम अब्बासले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend