logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अवरुद्ध संसद खुलाउन शीर्ष राजनीतिक नेतृत्वबीच छलफल जारी

    अवरुद्ध संसद खुलाउन शीर्ष राजनीतिक नेतृत्वबीच छलफल जारी

    1.3K
    Shares
    अवरुद्ध संसद खुलाउन शीर्ष राजनीतिक नेतृत्वबीच छलफल जारी

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अवरोध अन्त्य गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ।

    बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का, एमाले नेता पदम गिरी र कांग्रेस नेता रमेश लेखक लगायत सहभागी छन् ।

    गत बुधबार माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभाको बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीका नाममा पित्तल लगाएको अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले शुक्रबार बैठक अवरुद्ध गरेको थियो ।

    शुक्रबार बिहान ११ बजेको लागि बोलाइएको बैठकमा एमालेले रोष्ट्रम घेरेपछि २० मिनेटको लागि स्थगित भएको थियो। स्थगित बैठक ३ बजे बस्ने सूचना जारी गरियो  ३ बजे पनि बैठक बस्न नसकेपछि साझ ६ बजे बैठकका लागि बोलाइएको थियो।

    साँझ ६ बजे पनि बैठक बस्न नसकेपछि आज बेलुका ४ बजे बस्नेगरी आज बैठक तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend