logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • लोकतन्त्रमा आलोचना स्वभाविक, कांग्रेस स्वस्थ आलोचनाको सधैँ अपेक्षा राख्छ: सभापति देउवा

    लोकतन्त्रमा आलोचना स्वभाविक, कांग्रेस स्वस्थ आलोचनाको सधैँ अपेक्षा राख्छ: सभापति देउवा

    1.9K
    Shares
    लोकतन्त्रमा आलोचना  स्वभाविक, कांग्रेस स्वस्थ आलोचनाको सधैँ अपेक्षा राख्छ: सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै लोकतन्त्रमा स्वस्थ आलोचना स्वभाविक हुने बताएका छन् ।

    शनिबार नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै लोकतन्त्रमा कांग्रेसले स्वस्थ आलोचनाको अपेक्षा सधैं राख्ने बताए ।

    उनले भने, ‘कांग्रेस अरू पार्टी जस्तो हैन आलोचना सहनै नसक्ने । कांग्रेसलाई आलोचना चाहिन्छ । लोकतन्त्रमा स्वस्थ आलोचना गर्नुस् ।’

    पार्टी भित्र र बाहिर राष्ट्रिय राजनीति र पार्टीकै आन्तरिक टसमसको चर्को आलोचना भइरहेको बेला सभापति देउवाले सो धारणा आएको हो ।

    कांग्रेसमा लामो समयदेखि पार्टीको केन्द्रीय कमिटिको बैठक पनि बस्न सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend