logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • माओवादी उपाध्यक्ष महराले भने– ‘प्रचण्डलाई पार्टीकै नेता–कार्यकर्ताको घेराबन्दीमा पारौं’

    माओवादी उपाध्यक्ष महराले भने– ‘प्रचण्डलाई पार्टीकै नेता–कार्यकर्ताको घेराबन्दीमा पारौं’

    917
    Shares
    माओवादी उपाध्यक्ष महराले भने– ‘प्रचण्डलाई पार्टीकै नेता–कार्यकर्ताको घेराबन्दीमा पारौं’

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।

    प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा र २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘पार्टी केहि बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा बिग्रिनुको प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।’

    उनले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने बताए । उनले भने, ‘घेराबन्दीको बीचमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुपर्छ । कमरेड प्रचण्डको वरिपरि घेराबन्दी पार्टीका नेता कार्यकर्ताले नै गरौं ।’

    उपाध्यक्ष महराले माओवादी नेतृत्वको सरकारका विरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको बताए ।

    उनले वैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्नका लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend