logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार चौतर्फी घेराबन्दीमा: मन्त्री शर्मा

    भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार चौतर्फी घेराबन्दीमा: मन्त्री शर्मा

    2.9K
    Shares
    भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार चौतर्फी घेराबन्दीमा: मन्त्री  शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार चौतर्फी घेराबन्दीमा परेको बताएकी छन् ।

    प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनिन्, ‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् ।’ ‘त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ,’ उनले थपिन् ।

    विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित रुपमा प्रचारप्रसार गर्दै जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend