logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सबै भ्रष्टहरुलाई यो देशबाट लखेट्छौँ: रवि लामिछाने

    सबै भ्रष्टहरुलाई यो देशबाट लखेट्छौँ: रवि लामिछाने

    1.6K
    Shares
    सबै भ्रष्टहरुलाई यो देशबाट लखेट्छौँ: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आउदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउनेगरी उम्मेदवार उठाउने बताएका छन् ।

    उनले चार बर्ष पछि हुने २०८४ को आमनिर्वाचनमा घण्टीको उम्मेदवार जहाँ उठ्यो त्यहीँ जित्नुपर्ने बताए ।

    सभापति रवि लामिछानीले भने, ‘जहाँ जहाँ घण्टीको उम्मेदवार उठ्यो, त्यहाँ त्यहाँ उसले चुनाव जित्यो, नारा यहीँ हो । यहीँ पारा पनि हो । हामी पारा पनि बदल्छौँ नारा पनि ।’

    काठमाडौंमा आयोजित पार्टीको नगरसभालाई सम्बोधन गर्दै उनले इमान्दारहरुलाई एक पटक अज्माएर हेर्न जनतालाई विशेष अनुरोध गर्दै उनले देश परिवर्तन गरेरै छाड्ने बताए ।

    आफू देश र समाज परिवर्तनको लागि राजनीतिमा आएको उल्लेख गर्दै उनले हिंसात्मक बाटो अपनाउनु नपर्ने तर शान्तिपूर्ण रुपमा हरेक खाले घेराबन्दीहरुलाई तोड्नुपर्ने बताए ।

    सभापति लामिछानेले आफूँहरु एक थोपा रगत नबगाएरै देश ब्यालेट बाट परिवर्तनको क्रान्तिमा अग्रसर भएको बताए ।

    उनले व्यवस्था ल्याउन आफ्नो ठूलो योगदान छ भन्ने लाई समेत पाटा कस्ने गरी काम गरेर देखाउने उल्लेख गर्दै उनले २०८४ सालको आगामी चुनावमा जनताको पूर्ण साथ पाउने विश्वास लिएको बताए ।

    ठूलठूला भ्रष्टाचारीहरुलाई कारवाही गर्ने संकल्प लिदैँ उनले सबै भ्रष्टहरुलाई झेलमा कोच्ने पटक–पटक दोहोर्‍याए ।

    भ्रष्टाचार उन्मुलन आफ्नो पाटीको मूल मन्त्र भएको पनि उनको भनाई छ । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म आफूँको यात्रा नरोकिने समेत उनले बताए ।

    सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म र भ्रष्टाचारको समूल अन्त्य नगरेसम्म आफूहरुले विश्राम नलिने उद्घोष गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend