logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः लामिछाने

    मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः लामिछाने

    2.3K
    Shares
    मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।

    सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन् ।

    शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।

    नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकीर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

    सभापति लामिछानेले भने, ‘कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलव छैन । किन मतलव छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरु कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरु कुनै चिन्ह नभएर होइन । नेपाली जनताले यो भ्रष्टाचार चाँही निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन । यो कुरा हामीले बुझेका छौं । त्यसकारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरुन । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं । अरु विवाद हामी गर्दै गरौंला । अरु छलफल हामी गर्दै गरौंला ।’

    सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे ।

    उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend