logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीएल फाइनल: उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै

    आईपीएल फाइनल: उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै

    2.5K
    Shares
    आईपीएल फाइनल: उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टस फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

    गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो ।

    तेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो ।

    गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो ।

    चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा खेल्दैछ भने हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरातले खेल्दैछ ।

    ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ । जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ ।

    गुजरातले दुवै खेलमा चेन्नाइलाई हराएको थियो । यस सिजन पनि घरेलु मैदानमा भएको पहिलो खेलमा गुजरातले चेन्नाइलाई पराजित गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend