logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालको खराब प्रदर्शन, मलेसिया ओमन्स क्रिकेटमा नेपालद्वारा ५१ रनको झिनो लक्ष्य प्रस्तुत

    नेपालको खराब प्रदर्शन, मलेसिया ओमन्स क्रिकेटमा नेपालद्वारा ५१ रनको झिनो लक्ष्य प्रस्तुत

    2K
    Shares
    नेपालको खराब प्रदर्शन, मलेसिया ओमन्स क्रिकेटमा नेपालद्वारा ५१ रनको झिनो लक्ष्य प्रस्तुत

    काठमाडौं । नेपालले मलेसियासमक्ष ५१ रनको जितका लागि झिनो लक्ष्य प्रस्तुत गरेको छ।

    महिला क्रिकेट अन्तर्गत मलेसियाको वाइएस युकेएम ओभलमा पहिले ब्याटिङ गरेको नेपालले खराब प्रर्दशन गर्दै ५० रनमा सीमित भएको हो ।

    पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली ब्याट्सओमनहरुले खराब प्रदर्शन गरेका हुन्।

    टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलव ५ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो।

    नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योती पान्डेले ११ रन बनाइन्। नेपालका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन नसकेपछि मलेसियाले झिनो लक्ष्य पाएको छ।

    मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २र२ विकेट लिइन्।

    टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन्। तीनै खेलमा नेपाली टोली विजेता बन्दै आएको छ।

    मलेसियाले केही समयमा जवाफी ब्याटिङ सुरु गर्ने छ।

    पछिल्लो पटक नेपालले मलेसियामासँग गत वर्ष जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेको थियो। उक्त खेलमा नेपालले जित निकालेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend