सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रेशम चौधरी छुट्नु ठीक, तर उनीमाथि न्याय भएन: रवि

रेशम चौधरी छुट्नु ठीक, तर उनीमाथि न्याय भएन: रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आममाफी दिएर छोड्दा रेशम चौधरी आफैँलाई पनि न्याय नभएको टिप्पणी गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको बताए । तर अहिले गलत प्रक्रियाबाट उनलाई छुटाइएको भन्दै लामिछानेले भने, ‘रेशम चौधरी छुट्नुभयो, ठीक छ । तर रेशम चौधरीमाथि न्याय भएन ।’

उनले अघि भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाईँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन ।’

एउटा व्यक्ति जेलमुक्त हुँदा खुसी हुनु आफ्नो ठाउँमा भए पनि थारुहरुको संघर्षले विजय प्राप्त नगरेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend