logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन

    1.9K
    Shares
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन

    काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको लागि लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

    सरकारले चालु आर्थिक वर्षको भन्दा मन्त्रालयको बजेट सामान्य बढाएको छ । अर्थमन्त्री महतले आधुनिक जीवनको आधार सूचना प्रविधि र सञ्चार मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँच योग्य बनाइने बताए ।

    उनले नागरिकको सुसुचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताए । उनले उच्च क्षमताको अप्टिकल फाइबर मार्फत ईन्टरनेट ब्रोडब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवं क्याम्पस र स्वास्थ्य संस्थामा पुर्यानइने बताए ।

    उनले मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच पुर्‍याउन फोरजी सेवा बिस्तार गरिने बताए । उनले डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने बताए । उनले डिजिटल साक्षरता बढाई नागरिक एपको प्रयोग र पहुँच बिस्तार गरिने बताए ।

    अर्थमन्त्री महतले कोहलपुरमा डाटा सेन्टर र ललितपुरमा इन्टरनेट एक्सचेन्ज सेन्टरको निर्माणलाई तिब्रता दिन बजेट व्यवस्था गरेको बताए । उनले धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज निर्माणको संभाव्यता अध्ययन समेत गरिने बताए । उनले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याइ साइबर सुरक्षाजन्य जोखिमलाई न्युनिकरण गरिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend