logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘अखण्ड भारत’ नक्साको उद्देश्यबारे भारतले स्पष्ट पार्नुपर्छ: डा. बाबुराम भट्टराई

    ‘अखण्ड भारत’ नक्साको उद्देश्यबारे भारतले स्पष्ट पार्नुपर्छ: डा. बाबुराम भट्टराई

    3.7K
    Shares
    ‘अखण्ड भारत’ नक्साको उद्देश्यबारे भारतले स्पष्ट पार्नुपर्छ: डा. बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्न सक्ने बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले सो नक्साबारे प्रष्ट्याउनु पर्ने बताएका छन् ।

    भारतले नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा राखेको छ । उक्त नक्सामा नेपाल र पाकिस्तानका भू–भागसमेत उल्लेख छ । नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई समेटिएको छ ।

    अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायत छिमेकमा अनावश्यक कूटनीतिक विवाद निम्ताउन सक्ने पूर्वप्रधानमन्त्री डा.भट्टराईको भनाइ छ ।

    उनले निकट छिमेकी राष्ट्रहरूबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने उल्लेख गर्दै भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend