logo

२०८१ जेष्ठ १९ शनिबार

logo
  • शनिबार, १९ जेष्ठ २०८१
  • लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

    लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

    3K
    Shares
    लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

    पर्सा । प्रहरीले भारतसँग सीमा जोडिएको पर्साको भिस्वा नाकाबाट ठूलो परिमाणमा लागु औषधसहित बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

    पर्साको छिपहरमाई गाँउपालिका–५ भिस्वास्थित नेपाल–भारत सीमानाका नजिकै पार्किङ गरी राखिएको प्रदेश ०३–००१ख १८१० नम्बरको देवी ट्राभल्स बसबाट प्रहरीले लागू औषधसहित उक्त बसका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बसका चालक दोलखाको भिमेश्वर नगरपालिका ८ का ४२ वर्षीय दुर्गाराज खत्री र सहचालक पर्साको धोबिनी गाँउपालिका ४ का नुरेश मियाँ तेली रहेका छन् ।

    प्रहरीका अनुसार गोप्य सुचनाका आाधारमा सोमबार साँझ प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरी टोलीले यात्रु लिएर काठमाडौं जान तयारीमा रहेको उक्त बसमा चेकजाँच गरेको थियो ।

    त्यसक्रममा बसको डिक्की खोलेर खानतलासी गर्दा डिक्कीभित्र रहेको प्लास्टिकको बाल्टीमा कागजले बेरेर राखिएको अवस्थामा लागु औषध फेनरागन ५ सय पिस , डाइजेपाम ५ सय पिस र नोर्फिन ५ सय पिस बरामद भएको हो ।

    बससहित चालक खत्री र सहचालक तेलीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend