logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई चाँडो टुंग्याउन सुनुवाई समिति सक्रियतापूर्वक लाग्नुपर्छ:सभामुख घिमिरे

    प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई चाँडो टुंग्याउन सुनुवाई समिति सक्रियतापूर्वक लाग्नुपर्छ:सभामुख घिमिरे

    1.5K
    Shares
    प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई चाँडो टुंग्याउन सुनुवाई समिति सक्रियतापूर्वक लाग्नुपर्छ:सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडी बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गरेका छन् ।

    मंगलवार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत आएर बसेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अगाडी बढाउन आग्रह गरेका हुन् ।

    उनले समितिले गर्ने कार्यसम्पादनहरु छिटोभन्दा छिटो गरी जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न समिति सदस्यहरुलाई आग्रह गरे ।

    उनले भने, ‘यसले आफ्नो जिम्मेवारीलाई निश्चयपनि राम्ररी पूरा गर्नेछ । विभिन्न कारणले गर्दाखेरी यो गठन हुनलाई ढिलाइ भयो । अब अहिले गएर यसले पूर्णता पाएको छ । सभापति विधिवत रुपबाट छान्न बाँकी छ । हाम्रो अगाडी लामो समयदेखि सुनुवाइ हुन नसकेर बाँकी रहेको, खासगरी प्रधानन्यायाधीशको सवाल हामीसँग २७ गतेदेखि नै चिठी आएर रोकिएर बसेको छ । अरु पनि यस्ता कुराहरु छन् । त्यसैले यि कुराहरुलाई छिटोभन्दा छिटो सम्पादन गरेर त्यसमा गर्नुपर्ने काममा यसले जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न सकोस् । यहाँहरुको व्यवहारबाट, यहाँहरुको दृष्टिकोण, निर्णयहरुबाट धेरै कुराहरु सिकेर केही गर्न सकियोस् भन्ने मेरो चाहना छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend