आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अस्ट्रियाको अस्पतालमा आगलागी

अस्ट्रियाको अस्पतालमा आगलागी

एजेन्सी । अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।

लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए । यो घटना स्थानीय समयअनुसार आज बिहान एक बजेको हो ।

घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्नेबारेमा केही उल्लेख गरेका छैनन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend