शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बजेटले उच्च दरमा बढायाे सुनकाे भाउ, प्रतितोला १ लाख १२ हजार रुपैयाँ

बजेटले उच्च दरमा बढायाे सुनकाे भाउ, प्रतितोला १ लाख १२ हजार रुपैयाँ

काठमाडौं । बजेट घोषणापछि नेपालमा सुनको मूल्य उच्च दरले बढाएको छ । बजेटपछि सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले नेपालमा मूल्य उच्च दरले बढेको बताए ।

आज प्रतितोला १ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो । बजेट घोषणा हुने दिन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेतापनि नेपाली बजारमा दुई दिनमै ३ हजार ९ सय रुपैयाँ बढेको हो ।

महासंघका अनुसार मंगलबार भन्सार महसुल बढेको अनुमानित आधारमा मूल्य निर्धारण गरिएको थियो । तर बुधबार भने भन्सार महसुल थप ५ प्रतिशत विन्दु बढेको आधारमा मूल्य निर्धारण गर्दा मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलरमा सुनको कारोबार हुँदा नेपालमा मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो ।  हाल अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस घटेर १९६३ डलर पुग्दा नेपाली बजारमा हालसम्मकै उच्च तोलामा १ लाख १२ हजार कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend