logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुँजीबजारका ठूला लगानीकर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयोः अर्थमन्त्री महत

    पुँजीबजारका ठूला लगानीकर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयोः अर्थमन्त्री महत

    2.2K
    Shares
    पुँजीबजारका ठूला लगानीकर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयोः अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल,माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् ।

    बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

    उनले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताए । उनले पँुजी बजारमा ठूलो लगानीकर्ताहरुको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको दाबी गरे । अर्थमन्त्री महतले सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताए । उनले सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरुलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरुले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्ने जस्ता दुष्प्रचार गरिरहेको बताए । उनले शेयर बजारमा बढी कमाउनेहरुले कर नतिर्ने चलखेल गरेको बताए ।

    उनले शेयर बजारलाई नै पेशा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्ने दाबी गरे । उनले सरकारले पुँजी बजारमा कुनै स्वार्थ नराखेको भन्दै बजारलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ भन्ने प्रणालीको विकास गर्न खोजिएको बताए । उनले पुँजीबजारका विषयमा अनावश्यक हल्ला फैलाउन उचित नभएको बताए । उनले बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको भन्दै साना लगानीकर्ताहरुले नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सृजना गरेको दाबी गरे ।

    उनले अहिले पुँजीबजारमा सानो लगानी गरेर ५ देखि ६ लाख कमाउनेहरुले राज्यलाई कर तिरेको तर धेरै आम्दानी गर्नेहरुले करको दायरामा नआएको बताए । अर्थमन्त्री महतले राजनीतिक पँहुच भएकाहरुको सधैँ राज्यले कुरा सुनिदिनुपर्ने तर सामान्य जनताको कुरा सरकारले नसुन्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले सरकारले नेपाली पुँजीबजारमा नियमित कारोबार गर्ने डाटा संकलन गर्न लागेको बताए ।

    उनले सरकारले बजेटमार्फत गरेको पुँजी लगानीकर्ताको लागि लगाएको करको दायरा पुँजीबजारमा लगानी गरेर केही फाइदा होला भनेर लगानी गर्नेहरुको लागि लागू नहुने स्पष्ट पारे । उनले शेयरमा लगानी गर्ने सबैलाई आयकरको दायरामा आउने भनेर बजेटले नभनेको बताए । उनले ९९.५ अर्थात ९९.९ प्रतिशत शेयरमा लगानी गर्नेहरु सरकारले गरेको व्यवस्थामा नपर्ने बताए । उनले सम्पूर्ण पुँजीबजारमा लगानी गर्ने आयकरको विषयमा आत्तिनुपर्ने कुनै कारण नभएको बताए ।

    उनले भने, ‘बजेटपछि शेयर बजार खतम भयो भनिएको छ । जसले आम्दानीको लागि नियमित व्यवसाय गर्छ । अहिले ५०÷६० लाख लगानीकर्ता खतम भए भनिएको छ भनेर कसले प्रचार गरिरहेको छ । जो साँच्चिकै शेयर बजारलाई नै व्यवसाय बनाएको छ । अरु लगानीकर्ताको नाममा आय कर लाग्दैन । नियमित व्यवसाय गर्ने,आम्दानीको स्रोत नै पुँजीबजारलाई बनाएको छ । यसमा जसले सानो जागिर खान्छ । वर्षमा ५ देखि ६ लाख कमाउँछ उसले चाहीँ कर तिर्नु पर्ने,जसले करोडौं कमाउँछ उसले कर नै तिर्न नपर्ने ? त्यो हुने होइन होला । त्यस कारण यसलाई बिस्तारै सिस्टममा ल्याउनुपर्छ । होइन भने साधरण जनता संगठित रुपमा राजनीतिक रुपमा पनि प्रभाव छाडेर,अनेऔं कुराहरुको प्रश्ताव ल्याएर गर्नेहरुको कुरा सधैँ सम्बोधन हुने । आम नागरिकको कुरा सम्बोधन कहिल्यै पनि नहुने । त्यो हुनसक्छ । त्यस कारण यसमा पनि जसले नियमित व्यवसाय गर्नेको डिफाइन अब गर्नुपर्छ । कति कारोबार गर्नेहरु नियमित व्यवसायीहरु हुन् । त्यसको छनोट गर्न मैले भनेको छु । जसले समान्य पुँजी छ । पुँजीबजारमा लगानी गरेर केही फाइदा हुन्छ की भन्नेहरुलाई लागू हुँदैन । त्यसकारण जसले धेरै पँुजीबजारमा लगानी गरिरहेको छ । त्यही काम गर्छ । त्यसैले पुँजीबजारलाई माथि लाने र तल लाने काम गर्छ । तल लगेर अनि त्यही बेला किनेर फेरि माथि लगेर तुरुन्तै किन्छ । यसलाई हामी सिस्टममा ल्याउने की नल्याउने ? मलाई थाहा छ । भेस्टेट इन्टेटहरु चौतर्फी रुपमा लाग्छन् । खतम ग¥यो अर्थमन्त्रीले समाप्त पा¥यो । सबै क्र्यास नै ग¥यो । ६० लाख लगानीकर्ता समाप्त हुने भए भनेर हुन्छ । अरु धेरै बाहिरबाट पनि आउँछ । अहिले अर्थमन्त्रीको लागि जोखिम पनि त्यहीँ देखिरहेको छु । इमान्दार हुँदा हुने देखेको जोखिम हो । समस्या भनेको समान्य जनतालाई हो भनेको भए अर्थमन्त्रीलाई जोखिम हुने थिएन । कसैले प्रश्न उठाउने थिएनन् । अहिले इमान्दार भएर करका कुरामा सुधारको कुरा गरिरहेको छु । स्वार्थ समूहहरुले अर्थमन्त्रीलाई गाली गर्ने नै भए । त्यसैले मिडियोको सहयोग चाहिन्छ । यसमा अरु स्वार्थ केही छैन । जसले कर तिर्नुपर्ने हुन उनीहरुलाई कसैले पनि छुने कोशिस गदैनन् । उनीहरु करको दायरामा आउनुपर्छ त्यसरी मात्रै राजश्व बढ्छ । शेयरमा लगानी गर्ने सबैलाई आयकरको दायरामा आउने भनेर बजेटले भनेको छैन । जसले कारोबारको क्रममा घाटामा गएको छ । ९९.५ अर्थातच ९९.९ प्रतिशत यो भित्र पदैनन् । सम्पूर्ण पुँजीबजारमा लगानी गर्ने आयकरको विषमा आत्तिनुपर्ने केही कारण छैन ।’

    अर्थमन्त्री महतले मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गरे । उनले सरकारले अर्थतन्त्र सुधार गर्न ल्याएका अन्य धेरै व्यवस्थालाई आझेलमा पर्ने गरी सांसद विकास कोषलाई हाइलाइट गरिएको बताए । उनले आर्थिक वर्ष २०८०÷८१ को बजेटले आमुल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने बताए । उनले बजेटले संकटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम गर्ने बताए । उनले सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने भन्दै यसमा सांसदको भुमिका सिफारिस गर्ने मात्र हुने बताए । उनले सांसद विकास कोषको विषयमा चाहिने भन्दा बढी प्रचार गरिएको बताए ।

    उनले भने,‘बजेटले व्यवस्था गरेको सांसद विकास कोषको चर्चा अर्थतन्त्र सुधारका लागि ल्याएका टुल्सहरु ओझेलमा परेको छ । अर्थतन्त्र सुधारका लागि गरेका प्रयासलाई छाडेर सांसद विकास कोषलाई हाइलाइट गरिएको छ । यो चाहिने भन्दा बढी भएको महशुस गरेको छु । १६५ निर्वाचन क्षेत्रमा ५ करोड जुन दिँदैछौं । त्यो पुँजीगत खर्च नै हो । त्यो सांसदहरुले आफू खुशी बाड्ने स्कोप छैन । सांसदहरुमार्फत खर्च हुँदा दुरुपयोग हुन्छ भन्ने कुरामा सहमत छैन । १ करोडको सीमा राखेकाले त्यो ठेक्का प्रक्रियाबाट जान्छ । ठेक्का सम्बन्धित मन्त्रालयले लगाउँछ । सांसदहरुको भुमिका आयोजना सिफारिस गर्ने मात्रै हुन्छ । यो विषयलाई मिडियामा हाइलाइट बनाएर बजेटको सकारात्मक पक्षलाई छाडियो । अर्थतन्त्रमा गर्नुपर्ने आवश्यक सुधारको राम्रो शुरुवात गरेका छौं । एकै पटक सबै सुधार हुनेवाला छैन ।’

    अर्थमन्त्री महतले सरकारले १६५ निर्वाचन क्षेत्रमा दिने ५ करोड रुपैया पनि पुँजीगत खर्च नै भएको बताए । उनले सांसद विकास कोषको रकम सांसदहरुले आफूखुशी बाँड्ने स्कोप नभएको बताए । उनले सांसदहरुमार्फत खर्च हुँदा पनि रकम दुरुपयोग हुन्छ भन्ने कुरामा आफू सहमत नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend