logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हतियारसहित दुई युवक पक्राउ

    हतियारसहित दुई युवक पक्राउ

    1.4K
    Shares
    हतियारसहित दुई युवक पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको अप्रेशन टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई युवक पक्राउ गरेको छ ।

    निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीका अनुुसार उनीहरूलाई निकुञ्जको अप्रेशन टोलीले पूर्वी चितवनको कालिका नगरपालिका घर भएका दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।

    अप्रेशनका क्रममा कालिका नगरपालिका–११ बस्ने २९ वर्षीय राज चेपाङ र सोही पालिका–११ सैपाङ बस्ने ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ परेका हुुन् ।

    प्रजाबाट दुई थान भरुवा बन्दुक, हातहतियार बरामद गर्नुकासाथै उनीहरूमाथि वन्यजन्तुसम्बन्धी कसुरका विषयमा थप अनुसन्धान भईरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend