काठमाडौं । हिजोको रेकर्ड ब्रेक गर्दै आज सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ ।
यो सँगै सुनको भाउ हालसम्मकै वृद्धि नयाँ उचाईमा पुगेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।