logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

    नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

    1.8K
    Shares
    नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

    उनले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताए । उनले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गरे । उनले विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘समयको हिसावले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यक्ता हो । हिजोका प्रतिकुलतालाई अब अनुकुलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकुलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

    सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए । उनले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताए ।

    उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताए ।

    उनले भने, ‘हामीले समयमा नै काम सक्नुपर्छ, अहिले देशको अर्थतन्त्र त्यति गतिलो छैन । हामीले कतिपय ठाउँमा पेमेण्ट गर्न नसकेर ठेकेदारहरु त्यत्तिकै बसेका छन्, तर यहाँ त कुनै पेमेण्टको समस्या नै छैन भनेपछि काम समयमा नै सक्नुपर्छ । संसदका कर्मचारीहरुले बिहानदेखि काम गर्दा खाजा खान नपाएको कुरामा नै आज हामी छलफल गर्दैछौँ । देशको आर्थिक संकट यस्तो छ । कर्मचारीहरुले यस्तो व्यहोरेर भएपनि कसरी काम चलाउने भन्नेकुरा छ । एकले अर्कोलदाई दोष नदेखाऔँ । साझा दायित्वका रुपमा काम गरौँ । ६३ प्रतिशत बल्ल पुगेको छ । समग्रमा ५० प्रतिशतमा छौँ ।’

    सभामुख घिमिरेले संसद भवनि निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend