logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवनमा तीस आदर्श दम्पती सम्मानित

    चितवनमा तीस आदर्श दम्पती सम्मानित

    1.9K
    Shares
    चितवनमा तीस आदर्श दम्पती सम्मानित

    चितवन । चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको हो ।

    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार आदर्श नारी विकास केन्द्रको हरेक कार्यक्रममा सहयोगी बन्ने बताए। केन्द्रले समाज विकासका लागि खेलेको योगदानको सबैले सराहना गर्नुपर्ने उनको भनाइ थियो ।

    सरकार अहिले देशको विकास गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री जोशीले देश परिवर्तन गर्न कुनै बहाना गर्ने छुट नभएको बताए ।

    उनले भने, ‘जनताको जीवनस्तरमा परिवर्तन ल्याउन हामीले काम गर्ने समय आएको छ ।’ सीमित स्रोत साधन र असीमित चाहनाका बीच परिवर्तन देखिने गरी काम गर्नुपर्ने मन्त्री जोशीको भनाइ थियो ।

    कार्यक्रममा पाँच आदर्श आमा र पाँच आदर्श सन्ततिलाई समेत सम्मान गरिएको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिइन्।

    सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिका- १० का वडाध्यक्ष परमेश्वर खनाल, वडा नं २ का अध्यक्ष मनोज रानाभाट, साहित्यकार एवं चराविद् ईश्वर कँडेल, पत्रकार शान्ता अधिकारी, सामाजिक अभियान्ता सरस्वती विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend