शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार ३ सय रुपियाँ

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार ३ सय रुपियाँ

काठमाडौं । शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य थप आठ सय रुपियाँले बढेको हो ।

शुक्रबार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपियाँले बढेर एक लाख १२ हजार ७५० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसैगरी, शुक्रबार चाँदी तोलामा २५ रुपियाँले बढेर एक हजार ४३५ रुपियाँ पुगेको छ । बिहीबार चाँदी एक हजार ४२० रुपियाँमा कारोबार भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend