logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विद्यालयका लेखापालले पेट्रोल छर्केर लगाए आफ्नै शरीरमा आगो, अवस्था गम्भिर

    विद्यालयका लेखापालले पेट्रोल छर्केर लगाए आफ्नै शरीरमा आगो, अवस्था गम्भिर

    3.1K
    Shares
    विद्यालयका लेखापालले पेट्रोल छर्केर लगाए आफ्नै शरीरमा आगो, अवस्था गम्भिर

    मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आफ्नै जिउँमा आगो लगाएका छन् ।

    उनले शनिबार बिहान ६ बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

    आगोका कारण उनको शरिर पुरै जलेको छ। घटना लगत्तै प्रहरी उनको उद्धारमा खटिएको थियो। उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो। सख्त घाइते भएका कारण थप उपचारका लागि उनलाई काठमाडौँस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले उनको अवस्था गम्भिर रहेको जानकारी दिए ।

    दाहालले भने ,‘श्री माध्यामिक विद्यालयका लेखापलले विहानै आत्मदाहको प्रयास गरेको देखियो। उनको स्वास्थ्य अवस्था गम्भिर छ।

    थप उपचारका लागि उनलाई काठमाडौँ पठाइएको छ।’प्रहरीले शरिरमा आगो लगाउनु अघि मेटासिट खाएका थिए। उनी शनिबार बिहानै घरबाट निश्किएका थिए। घटना के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend