शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कसैको बिरोध गरेर पार्टी बलियो बन्दैनः सभापति देउवा

कसैको बिरोध गरेर पार्टी बलियो बन्दैनः सभापति देउवा

r'gfjL ;ef ;Daf]wg 88]Nw'/f, #) sflQsM k|wfgdGqL tyf g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf 88]Nw'/fsf] efu]Zj/ –# l:yt af]u6fdf a'waf/ cfof]lht r'gfjL ;efnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् ।
शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताए । उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए । उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे ।

उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए । उनले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग गर्ने मात्रै रहेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend