logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

    नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

    1.7K
    Shares
    नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको आजदेखि थुनछेक बहस प्रारम्भ हुने भएको छ ।

    पक्राउ परेका आरोपित १८ जनाको बयान शुक्रबार सकिएसँगै आजदेखि थुनछेक बहस हुन लागेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेकाहरूको बयान जेठ १२ गतेबाट सुरू भएको थियो।

    थुनछेक बहसमा आरोपितहरूलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने आदेश हुनेछ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दर्ता भएको हो। सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

    पक्राउ परेका माथि दुई महिना लामो अनुसन्धान गरी यसअघि प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन जेठ ८ गते सरकारी वकीललाई बुझाएको थियो। प्रहरीले गत चैत १२ देखि उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो।

    शरणार्थी प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। यस प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण,नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी,तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा पक्राउ परेका छन्।

    त्यस्तै सोही प्रकरणमा खाँणका स्वकीय नरेन्द्र केसी,सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलगायत १८ जना पक्राउ परेका छन्।

    आरोपितमाथि ठगी,संगठित अपराध,लिखत कसुर,राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend