काठमाडौं । सुनको मूल्य आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ रुपैयाँमा कारोवार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।