logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले, रास्वपा र राप्रपालगातयका प्रतिपक्षी दलले गरे संसद अवरोध

    एमाले, रास्वपा र राप्रपालगातयका प्रतिपक्षी दलले गरे संसद अवरोध

    1.6K
    Shares
    एमाले, रास्वपा र राप्रपालगातयका प्रतिपक्षी दलले गरे संसद अवरोध

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको आजको बैठक अवरूद्ध परेका छन् ।

    प्रतिनिधि सभा बैठक सुरूमै ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

    एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘सरकारको बजेट वक्तव्यमा छलफल गर्ने मान्यतामा थियौँ, तर सरकारले संविधान मिचेर अघि बढेपछि बाध्य भएर प्रसंग उठाउनु परेको छ। नेपालमा जन्मिएका नागरिकले वंशजको आधारमा नागरिकता पाउन सकेका छैनन्। शैक्षिक प्रमाणपत्र पाउन सकिराखेका छैनन्। संसदीय प्रक्रियामा रहेर नागरिकता विधेयक संसद्मा दर्ता होस्। रातदिन छलफल गरौँला।’ तर, त्यस्तो हुन सकेन,’ उनले भने, ‘कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसरी जान खोजिएको छ।’

    त्यस्तै, उनले फूलबारी बन्दरगाहको पहुँचका लागि लिपुलेक–लिम्पियाधुराको भूभाग दिन सकिनेजस्तो कुरा आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने बताए ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि संसदीय प्रक्रिया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend