logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • शरणार्थी प्रकरण : अदालतबाट १० दिनपछि मात्रै थुनछेक आदेश आउने

    शरणार्थी प्रकरण : अदालतबाट १० दिनपछि मात्रै थुनछेक आदेश आउने

    2K
    Shares
    शरणार्थी प्रकरण : अदालतबाट १० दिनपछि मात्रै थुनछेक आदेश आउने

    काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने सम्बन्धमा यही जेठ ३१ (अर्को बुधबार) आदेश जारी गर्ने भएको छ ।

    जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअगाडि बहस टुंग्याउन अनुरोध गरेका हुन् ।

    सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो ।

    टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागेपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, अभियुक्तहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

    ‘त्यो दिन चिया समयअघि तपाईंहरुले बहस सकिदिनुहोस्’ न्यायाधीश न्यौपानेले भने, ‘चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला । त्यही दिन बेलुकासम्म आदेश दिनेछु ।’ अहिले सरकारी वकिलहरुले अभियोगको पक्षमा बहस प्रारम्भ गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend