logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय सभाद्वारा पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित

    राष्ट्रिय सभाद्वारा पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित

    1.4K
    Shares
    राष्ट्रिय सभाद्वारा पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    स्वर्गीय पाण्डे नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित, विसं २०६४ सालको संविधानसभा निर्वाचन र विसं २०७४ सालको प्रतिनिधिसभाका निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन्।

    पूर्वमहिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी उनी सालिन र सरल नेत्री थिइन्। उनको ७२ वर्षको उमेरमा यही जेठ १६ गते असमायिक निधन भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend