logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंगता गर्न सफल: माधव सापकोटा

    प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंगता गर्न सफल: माधव सापकोटा

    721
    Shares
    प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंगता गर्न सफल: माधव सापकोटा

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताएका छन् ।

    यो भ्रमण विगतको भन्दा अलग भएको पनि उनको भनाई छ । उनले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद अवरोध गर्नु जायज नभएको बताए ।

    संसदमा सबै प्रक्रिया पुरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको भन्दै यसमा केही गलत नभएको उनले बताए ।

    उनले भने, ‘यो कुरा उठाउनु जायज कुरा होइन । यसलाई प्रतिपक्षले संसदमा हंगामा गर्नका लागि विषय बनाएको छ । संसद नै अवरुद्ध गर्ने,वेल घेर्ने सम्मको पोजिसन लिनु जायज होइन । संसदमा दुई, दुई पटक छलफल चलेर यहाँका सबै प्रक्रिया पूरा गरेर राष्ट्रपति कार्यालयमा गएको, त्यसबेला विविध कारणले तत्कालिन राष्ट्रपतिले प्रमाणिकरण गर्नुभएन । खालि प्रमाणिकरण गर्न बाँकी भएको कुरा गरेको न हो । राष्ट्रपतिसंस्था व्यक्ति होइन । अविच्छिन्न उत्तराधिकारवाला संस्था हो नि । त्यो कार्यालयले प्रक्रिया पुरा भएर आएको कुरालाई प्रमाणिकरण गर्‍यो । प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रमभंगता गर्दै राम्रो सफलता प्राप्त गरेको छ । सहमति पत्रमा हस्ताक्षर हुन बाँकी । विश्वासको वातावरण बनाउदै लान सके यो कार्यान्वयन हुन्छ । विश्वासको वातावरण नभए सहमती भएकै पनि तोडिन्छ नि विगतको हेर्दापनि । यसपालिको भारत भ्रमण निरन्तरताको भ्रमण भन्दा अलग र सफलतापूर्वक सम्पन्न भएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend