logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नयाँ संसद्मा छलफल नगरी असंवैधानिक रुपमा विधेयक प्रमाणिकरण : विराजभक्त श्रेष्ठ

    नयाँ संसद्मा छलफल नगरी असंवैधानिक रुपमा विधेयक प्रमाणिकरण : विराजभक्त श्रेष्ठ

    973
    Shares
    नयाँ संसद्मा छलफल नगरी असंवैधानिक रुपमा विधेयक प्रमाणिकरण : विराजभक्त श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको बिरोध रहेको बताएका छन् ।

    उनले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताए । यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘विधिको शासनमा जुन सदनमा उत्पत्ति भएको विधेयक थियो त्यो पो अहिलेको ताजा जनादेश पाएकोले प्रमाणिकरण गर्ने हो त । यो त पहिलाको हो । यो कहाँ आकर्षित हुन्छ भन्दा संविधानको धारा ११३ आकर्षित हुन्छ । तर यो पालि राष्ट्रपति कार्यालयको पत्र पढ्नुभयो भने ६१ को २,३, ४ र ६६ बाट टेकेर गरेको छ । यो असंवैधानिक कदम हो । यसलाई ट्रयाक करेक्ट गर्ने हो भने यो खारेज भएर संसदमा भोलि नै दर्ता गरिदिनुस् । बरु फास्ट ट्रयाकमा लगौँ । विगतमा दुई पटक संसदले पठाएको प्रमाणिकरण नगर्नु असंवैधानिक थियो । र अहिले प्रमाणिकरण गर्नुपनि असंवैधानिक । भारत पक्षबाट आएको र नेपाल पक्ष बाट आएको जानकारीको तादाम्यता मिलेन । गहिरो चिन्ता छ । प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्‍यो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend