logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अब विद्युत निर्यातको समस्या समाधान हुन्छः मन्त्री महत

    अब विद्युत निर्यातको समस्या समाधान हुन्छः मन्त्री महत

    1.5K
    Shares
    अब विद्युत निर्यातको समस्या समाधान हुन्छः मन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन् ।

    आईतवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन् ।

    उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए ।

    उनले भने, ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो । अब दिर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ । हामीले विद्युत उत्पादन गर्न सक्नुप¥यो । अब बजारको समस्या हुन्न भन्नेकुरा यो ठूलो उपलब्धिको कुरा हो जस्तो लाग्छ । यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो । अहिले आएर यसले मूर्त रुप लिएको छ । एकातिर हाम्रो विद्युत उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो । यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरुलाई विद्युतीय माध्यमबाट चलाउने गर्‍यो भने हाम्रो पेट्रोलियम आयात घट्छ । त्यसैगरी विद्युत निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो । एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर । यो चाहीँ ठूलो उपलब्धि हुन्छ । त्यस अर्थमा यो भ्रमण उपलब्धिमुलक रह्यो । दुई वटा ठुला महत्वपूर्ण आयोजनामा लगानी आउँदैछ त्यो पनि राम्रो कुरा हो ।’

    मन्त्री महतले भारत भ्रमण अत्यन्त सौहार्दपूर्ण र उपलब्धिमुलक रहेको भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend