logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको प्रष्टिकरणः भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्

    प्रधानमन्त्रीको प्रष्टिकरणः भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्

    2.7K
    Shares
    प्रधानमन्त्रीको प्रष्टिकरणः भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताएका छन् ।

    एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो स्पष्टिकरण आएको हो ।

    उनले पहिलो पटक आफूले सो भूमि नेपालको हो भनेर स्थापित गराउन पहलकदमी लिएको दावी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरासहित सीमा समस्या समाधान गर्नैपर्ने कुरा प्रष्टसँग राखेको र त्यो समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीले पनि पहिलो पटक संयुक्त प्रेसमिटमा स्पष्टसँग राखेको बताए ।

    उनले आफूले सिधा र प्रष्ट ढंगले राखेको सो कुरालाई जनतामा भ्रम फैल्याउने गरी प्रचार गरेकोमा आफूलाई पीडाबोध भएको पनि बताए ।

    प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय हितको प्रवद्र्धनका लागि भारतसँग गरेको कुरालाई राम्रो भन्न सक्ने आँट गर्न पनि विपक्ष दलहरुलाई पटकपटक आग्रह गरे ।

    उनले भने, ‘अहिले प्रतिपक्ष दलको तर्फबाट माननीय सदस्यले र हिजो पनि उठेका कुराहरुको बारेमा मैले स्पष्ट पार्नुपर्ने आवश्यक्ता महशुस गरेको छु । मुख्यकुरा सीमा सम्बन्धि विषयमा । कालापानी, लिपुलेक, लिम्पियाधुरासँग सम्बन्धित विषय र सीमामा जहाँजहाँ समस्या छन । ती सम्बन्धि विषयमा । म यो सम्माननित सदनलाई पूरै गम्भिरताका साथ, पूरै जिम्मेवारीका साथ भन्न चाहन्छु–मैले बडो प्रष्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ । जबसम्म सीमा सम्बन्धि यो समस्याको स्थायी र दीर्घकालीन समाधान गरिदैन, नेपाल–भारतसम्बन्ध सहज हुन सक्दैन भनेर बडो प्रष्टसँग अन्य नेताहरुको अतिरिक्त भारतीय प्रधानमन्त्रीसँग समेत प्रष्टसँग राखेँ । मलाई लाग्छ–यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाईमा यो पहिलो पटक नै हो । र, भारतको प्रधानमन्त्रीको हैसियतले सीमा समस्या हल गरिन्छ । र, नेपाल–भारतसम्बन्ध हिमालको उचाईमा पु¥याईन्छ भनेर प्रधानमन्त्रीबाट बोलिएको पनि यो पहिलो पटक नै हो । यसमा हामी सबै नेपालीहरु, जसले स्थायी स्पमा सीमा समस्या समाधान होस् भन्ने चाहेका छौं । हामी सबैले गर्व गर्नुपर्छ । हामीले सबैले सुनेका छौं, देखेका छौं । मैले होइन । मैले त आन्तरिक छलफलमा कुरा राखेँ । तर, भारतीय प्रधानमन्त्रीले मैले बोल्नु भन्दा अगाडि नै सीमा समस्या पनि अव हल गरिन्छ, हिमालयको उचाईमा दुई देशको सम्बन्ध पु¥याईन्छ । २०१४ मा यसै मञ्चबाट हाम्रो सम्मानित सदनलाई उहाँले गरेको सम्बोधन स्मरण गर्दै अव हाम्रो सम्बन्धमा सुपरहिट हो भनेर भन्नु भएको पनि यो पहिलो पटक हो । यसमा हामी खुशी हुने, खुशी मनाउने कि दुःख मनाउने ? मलाई लाग्छ–यो हामी सबै नेपालीका लागि, सबै राजनीतिक दलको लागि, नागरिक समाज, बुद्धिजीवि सबैको लागि पनि खुशीको कुरा हो कि भारत सरकार र भारत सरकारका शक्तिशाली प्रधानमन्त्रीले सीमालगायतका समस्या हल गरिन्छ भनेर घोषणा गरेको मलाई लाग्छ यो हामी सबैले खुशी मान्ने कुरा हो । दोस्रो माननीय सदस्यहरुलाई म बडो प्रष्ट ढंगले भन्न चाहन्छु–मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस् । कहीँ कोही कन्फ्युजन नहोस् । हामीले भनेका छौं–कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्ने कुरा सबभन्दा ठूलो कुरा हो भन्ने कुरामा म प्रष्ट छु । र, मैले त्यही अनुसार आफ्नो भूमिका खेलेको छु । माननीय सदस्यहरुले तथ्य र तर्कलाई सहज र सिधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउन कोशिस नगरौं भन्ने मेरो अनुरोध छ । मैले तुलनात्मक रुपमा यो पटकको भारत भ्रमण सफल मात्रै भएन । परिणाममुखि पनि भयो । यो भ्रमण एकअर्कालाई घोचपेच गर्ने र एकअर्कालाई कमजोर देखाउने उद्देश्यद्वारा भन्दा कामकाजी विषयमा आर्थिक, ऊर्जा, पर्यटन, सीमा, ट्रेड ट्रान्जिट सम्बन्धि सन्धिजस्ता विषयमा बढि गयो । मैले सुरुमै यहाँहरुको अगाडि राखे । राजनीतिक मामिलामा पनि कुराकानी भयो । राजनीति भएन भन्ने होइन । राजनीतिक मामिलामा पनि कुरा भयो । तर, राजनीतिक मामिलामा कुरा यसरी भयो कि राम्रो वातावरण बनाएर आउने दिनमा राजनीतिक विषयहरु पनि सम्बोधन गर्ने गरी भयो । यस अर्थमा यो भ्रमण नेपालको लागि, हामी सबै नेपालीको लागि आर्थिक क्रियाकलापलाई नयाँ गति दिनका लागि, उद्योग व्यवसायको वृद्धिको लागि, दीर्घकालीन हामीले विद्युत व्यापार सम्झौंता १० हजार मेघावाट दश वर्षमा लिने भारत सरकारको कमिटमेन्ट सबैले सुन्यौं । हामी सबैले देख्यौं । यो सानो कुरा होइन । भारत, नेपाल र बंगलादेशको बीचमा त्रिपक्षीय साझेदारी गरेर नेपालको विद्युत सम्बन्धि काम अगाडि बढाउने भन्ने कुरा सामान्य कुरा होइन । माननीय सदस्यहरु, मैले ग्लोबल टेन्डरबाट कुनै एक देशको निर्माण कम्पनीले प्राप्त गरेको र त्यसबाट उत्पादित विद्युत नलिने भन्ने जस्ता कुराको बारेमा मैले द्धिपक्षीय वार्ताको क्रममा पनि तपाईहरुले सुन्न भयो । प्रेसमिट पनि मैले प्रष्टसँग राखेको छु । दुधकोशी समेत भन्नु भयो । सिमानाको विषयमा यति गम्भिर रुपले कुरा गरिएको र एउटा सकारात्मक वातावरणसहित दुवै देशको सरकार एकै ठाउँमा उभिएर समाधान गरिन्छ भनिएको यो पहिलो चोटीमा मैले मैले नेपालको भूमि यताउता ग¥यो कि भनेर भनेर माननीयजीहरुले राखेको देख्दा म असाध्यै चिन्तित र पीडित पनि भएको छु । मलाई के लागेको थियो भने यो पटकको मेरो भ्रमण चाँही अव के सत्तापक्ष, के प्रतिपक्ष, के नेपाली बुद्धिजीवि, के नागरिक समाज सबैले स्वागत गर्नेछन । र, मलाई बधाई दिनेछन भन्ने सोँच्दै आएको थिएँ । यहाँ त बडो विचित्रका तर्क, कुतर्क हुन थाले । मैले प्रष्ट पार्न चाहन्छु–ती कुरा प्रष्ट राखिएको छ । र, नेपालको भूमि नेपालको हो भनेर स्थापित गर्ने पहिलो कुरा हो । र, मैले कुनै पनि विकल्प कुरा गरेको छैन । माननीय सदस्यलाई प्रष्ट होस् । मैले बोलेका भिडियो छन, सबै प्रमाणहरु छँदैछन हामीसँग । मैले बोलेको कुरा के हो भने नेपालका केही विज्ञहरु, बुद्धिजीविहरु, विभिन्न रुपमा गरेका उनीहरुको अध्ययनको आधारमा उहाँहरुले भनेको कुरा यस्ता पनि छन भनेर मात्रै भनेको छु । मैले यो गर्नुपर्छ भनेकै छैन । मैले त नेपालको भूमि नेपालको हो भनेर पहिला स्थापित हुनुपर्छ भनेको मात्रै छु । तर केही बुद्धिजीविहरुले भनेको बंगलादेश मोडेलको कुरा मेरो कुरा होइन । मैले भनेको कुरा होइन । तपाईहरुलाई पनि थाहा छ । अझ भन्ने हो भने प्रतिपक्ष दलका जुन नेताले यो विषय उठाउनु भएको छ । तपाईले तपाईहरुकै नजिक भएका बुद्धिजीविहरुले भनेका छन मलाई । बंगलादेश जाने बाटो पाउने हो भने हुन्छ भनेर । मैले त्यसै भएर विज्ञहरुको कुरा भनेको छु मैले । मैले विज्ञहरुको कुरा भनेको छु । विज्ञहरुले यो पनि भन्ने गरेका छन । तर मुख्य कुरात सीमा समस्या हल गर्ने कुरा हो बाहेक मैले केही पनि भनेको छैन । अनि, ममाथि आरोप लगाएर अझ बढि राष्ट्रहित विपरित अव नाम भन्न नै लगाउनु हुन्छ भने त मलाई केही अप्ठ्यारो छैन । तपाईलाई नै थाहा छ । विज्ञहरुले बोली राख्नु भएकै छ नि । तर, मेरो त्यो प्रस्ताव होइन । यस्ता पनि तर्क छन । समस्यालाई स्थायी र दिगो रुपले समाधान गर्न विकल्पहरु बारे पनि छलफल हुन सक्छन मात्रै भनिएको कुरालाई अतिरञ्जित ढंगले लिन र जनसमुदायमा कन्फ्युजन क्रियट नगर्न म माननीय सदस्यहरुलाई आग्रह गर्न चाहन्छु । साँच्चै भन्ने हो भने यो पटकको भ्रमण साँच्चै कामकाजी भ्रमण भएको छ । नेपालको राष्ट्रिय हित प्रवद्र्धनको सन्दर्भमा । माननीयले भन्नु भयो–यो भनेपछि परिस्थिति बिगिन्छ, ऊ भनेपछि परिस्थिति बिग्रिन्छ । सबै भने–पञ्चेश्वर पनि आएकै छ, बाढि डुबान पनि आएकै छ । अर्को पनि आएकै छ । अर्को पनि आएको छ अनि । सबै परिस्थिति बिग्रन्छ भनेर छोड्यो भन्न मिल्छ र ? केही पनि छोडिएको छैन । म खोली केमा मात्रै गम्भिर भएको छु । म यो सम्मानित सदनलाई भन्न चाहन्छु–केही कुरा हामीेले समय भन्दा अगाडि धेरै हल्ला ग¥योभने समाधान नहोलाकि भन्ने चिन्ता छ । मैले कुरा चाँही सबै गरेको छु । मैले सबै गरेको छु । समाधान गर्ने हेतुले गरेको छु । बिगार्ने हेतुले होइन । नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने हेतुले गरेको छु, बिगार्ने हेतुले होइन । यसकारण माननीय सदस्यहरुलाई यथार्थ जे हो, तथ्य जे हो, त्यसलाई त्यही रुपमा बुझिदिन अनुरोध गर्दछु । राम्र्र्र्र्र्र्र्र्र्र्रो भएकोमा राम्रो भयो भन्ने आँट गर्नु पनि त ठूलो कुरा हो । राम्रो भएकोलाई पनि नराम्रै भन्न पर्ने । त्यसरी चाँही हाम्रो देशलाई फाईदा गर्दैन भन्ने मेरो भनाई छ ।’

    प्रधानमन्त्री दाहालले एमाले निकट केही बुद्धिजीविहरुले नै बरु सीमा समस्या समाधानका लागि बंगलादेश मोडल उपयुक्त हुने भनेर प्रस्ताव गरेको कुरालाई आफूले स्मरण गराउने काम मात्रै गरेको जिकीर समेत गरे ।

    उनले आफ्नो भारत भ्रमणमा भएको उपलब्धिलाई केही होइन भन्ने ढंगले हल्ला गरियो भने प्राप्त हुने उपलब्धि पनि गुम्नेतर्फ विपक्ष दलहरुलाई सचेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend