logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीद्वारा रक्षामन्त्री खड्काकी भाइबुहारीप्रति श्रद्धाञ्जली अर्पण

    प्रधानमन्त्रीद्वारा रक्षामन्त्री खड्काकी भाइबुहारीप्रति श्रद्धाञ्जली अर्पण

    1.7K
    Shares
    प्रधानमन्त्रीद्वारा रक्षामन्त्री खड्काकी भाइबुहारीप्रति श्रद्धाञ्जली अर्पण

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

    उनले परिवारजनमा समवेदना प्रकट गरेका छन् । यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend