logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बर्दिबासमा गुडिरहेकाे बस ट्रकसँग ठाेक्किँदा दुर्घटना, ८ जना यात्रु घाइते

    बर्दिबासमा गुडिरहेकाे बस ट्रकसँग ठाेक्किँदा दुर्घटना, ८ जना यात्रु घाइते

    1.7K
    Shares
    बर्दिबासमा गुडिरहेकाे बस ट्रकसँग ठाेक्किँदा दुर्घटना, ८ जना यात्रु घाइते

    बर्दिबास। काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् ।

    घाइतेहरूलाई बर्दिबास स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार सडक छेउमा बिग्रिएर बसेको प्रदेश २–०१–००१ख ०२२१ नं को ट्रकमा बिहान छ बजेतिर ठोकिदा दुर्घटना भएको हो ।

    बसमा रहेका २२ यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend