logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • युवा संघले टुंगाे लगायाे कार्यविभाजन, प्रवक्तामा निरोज पौडेल

    युवा संघले टुंगाे लगायाे कार्यविभाजन, प्रवक्तामा निरोज पौडेल

    6.1K
    Shares
    युवा संघले टुंगाे लगायाे कार्यविभाजन, प्रवक्तामा निरोज पौडेल

    काठमाडौं। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नेताहरुको कार्यविभाजन गरेको छ। जसअनुसार युवा संघको प्रवक्ताको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।

    संघको ९औ राष्ट्रिय माहाधिबेशन नेपालगंजमा सम्पन्न भएको थियो। माहाधिबेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सहित सदस्यहरुको नाम र जिम्मेवारी संघले सार्वजनिक गरेको छ।

    यसैगरी, उपाध्यक्षहरुलाई प्रदेशको उप्रेरक तोकेको छ। जसअनुसार कोशीमा कृष्णहरि केसी,मधेशमा पुष्पराज श्रेष्ठ,बागमतीमा सिता सुबेदी,गणडकीमा रमेश तिवारी,लुम्बिनीमा अमित लामा,सुप मा महाराज गुरुङ,कर्णालीमा प्रकाश गौतमलाई जिम्मेवारी दिइएको छ ।

    त्यसैगरी, संगठनका दैनिकी कामसंग सरोकार राख्ने प्रमुख बिभागहरुलाई जिम्मेवारी दिएको छ। बिनय शाहलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने राकेश राईलाई कोषाध्यक्षको जिम्मवारी दिइएको छ।

    अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर सर्कल, सम्पन्न श्रेष्ठलाई खेलकुल र कृष्णदत्त जैशीलाई कार्यालय विभागको जिम्मेवारी दिएको युवा संघले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend