logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली भूमिसहितको भारतको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन्ः प्रधानमन्त्री दाहाल

    नेपाली भूमिसहितको भारतको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन्ः प्रधानमन्त्री दाहाल

    1.8K
    Shares
    नेपाली भूमिसहितको भारतको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन्ः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन् ।

    बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको स्पष्टिकरण दिएका हुन् ।

    प्रधानमन्त्री दाहालले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्शा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताए ।

    उनले सो विषयमा भारतसँग अझ बढि अध्ययन र छलफल गर्ने आश्वासन समेत दिए ।

    प्रधानमन्त्री दाहालले भने, ‘पहिलो कुरा संसदको नक्शाबारे कुरा भयो । मैले गम्भिर रुपमा नै उठाए । किनकी त्यो धेरे अध्ययन भईसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो नयाँ संसद भवनमा भारतले राखेको नक्शाबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए । यो कुनै राजनीतिक नक्शा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्शा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ थियो । अव यो बारे अझ बढि अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकि नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’

    प्रधानमन्त्री दाहालले भारतको नयाँ संसदमा राखिएको नक्शा सांस्कृतिक नक्शा भएको कुरा पनि भारतीय पक्षले राखेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend