logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • बामदेव एमालेमा फर्कन तयार, ओलीले गरे स्वागतको संकेत

    बामदेव एमालेमा फर्कन तयार, ओलीले गरे स्वागतको संकेत

    1.9K
    Shares
    बामदेव एमालेमा फर्कन तयार, ओलीले गरे स्वागतको संकेत

    काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले)मा प्रवेश गर्न तयार भएका छन् ।

    पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।

    तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसकेका भएको गौतमको सर्त छ । विगतमा मलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाई छ ।

    उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे । एमाले आफूँले निर्माण गरेको पार्टी हो भन्दै गौतमले त्यसलाई माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको पनि बताए । उनले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।

    उनले भने,‘यदि उहाँहरुले मलाई खवर गर्नु भयो । तपाईलाई अहिले पनि निलम्बन भएको छ । आगामी महाधिवेशनसम्म निलम्बन भईरहन्छ । तपाई आउनु प¥यो भन्नु भयो भने म र मसित रहेका जेजति साथीहरु छन । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यही अवस्थामा जान्छौं । अरु केही पर्दैन अव । उहाँहरुले मलाईनै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनु भएको हो । मैले त्यसबेला के भनेको थिए भने ७० वर्ष यहाँ भएका सबै पुग्नु हुन्छ एक दिन । एउटा ७० वर्ष पुग्नु अघि अध्यक्ष भईहाल्यो भने अरु बाँकि रहेका ८/७० जना ७० वर्ष पुगिहाल्छ । उनीहरु त आउट हुनैपर्छ । त्यसो भएर ७० वर्ष सबैको निम्ति आउँछ । मेरो निम्ति मात्रै आउन लागेको होइन । राख्नु हुन्छ भने राख्नुस भन्ने मेरो त्यो प्रतिक्रिया थियो । मसहित उपस्थित भएको बैठकबाट यो प्रस्ताव उहाँहरुले पारित गर्नु भएको थियो अव ४/५ वर्षमा ७० वर्ष पुग्ने नेताहरु १०/१२ जना छन । त्यो हट्यो भने त्यसभित्र भएका धेरै अध्यक्ष पनि हुन पाउँछन । महासचिव पनि बन्न पाउँछन । हटेन भने एउटा बन्छ । १०/१२ जना नेताहरु जो अनुभवी छन् । उनीहरु हट्छन । यसरी अन्तिममा गएर अनुभवी नेताहरु त्यहाँ समाप्त हुन्छन । र, अनुभव नभएको व्यक्तिहरु माथि आउँछन । साँच्चीकै राम्रो पनि गर्न सक्लान । तर पुरानाले मात्रै त्यो अनुभव साटन सक्छन । राम्ररी दिन सक्छन । तर अरुहरुले त्यो गर्न सक्दैनन् । त्यस्तो पार्टी संस्कार र संस्कृतिविहिन हुन सक्छ । समृद्ध बन्न सक्दैन । यही निलम्बनकै अवस्थामा म जान सक्छु । तर मेरो चाँही प्रस्ताव के हो भने त्यो हटनैपर्छ भन्ने हो । किनकी त्यो मानवता विरोधी छ । नेपालको संविधानको विरुद्धमा छ । र, यो उमेर हद भनेको शारिरीक अवस्था हो । शारिरीक अवस्थाको आधारमा पार्टीमा बस्न पाउने, नपाउने भनेको विभेद हो । विभेद भनेको अपराधजन्य कानुन विरोधी गैरकानुनी काम हो । उहाँ (ओली)ले आउनुस भन्नु पर्छ । किनभने पार्टी उहाँसँग छ । म भन्थेँ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नु भएन । निलम्बन भईसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरुले भन्नु भएन । मेरो सदस्यता त्यहीँ छ । मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु । र, मेरो पार्टी सदस्यता किन छ भने मैले बनाए यो बीचमा । तर त्यो पार्टी कम्युनिष्ट पार्टी पूर्ण रुपमा भईसकेको थिएन । हो त्यस्तो अवस्थामा पार्टी त्यही रहिरहोस् भनेर राखिराखेको छु मैले । उहाँहरुले हटाई दिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतिलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । बामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

    यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताए । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने बामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि भनि प्रश्न गरेका थिए । ओलीले अव थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।

    ओलीले भने, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नु भएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

    ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend