logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्वको सिर्जना हुनसक्छः अध्यक्ष यादव

    बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्वको सिर्जना हुनसक्छः अध्यक्ष यादव

    2.1K
    Shares
    बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्वको सिर्जना हुनसक्छः अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणिकरण गरेर संविधानको पालना गरेको बताएका छन् ।

    बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेर संविधानको पालना गरेको बताएका हुन् ।

    उनले राष्ट्रपतिले संविधानको रक्षा गरेको पनि बताए । उनले नागरिकको सन्तानलाई नागरिकता नदिएर अन्याय गरिएको पनि बताए । उनले बजेटलाई सुधार नगर्ने हो भने देशको लागि नै दुर्भाग्य हुने र मुलुकमा द्वन्द्वको सिर्जना हुने बताए ।

    उनले भने, ‘संसदले दुई–दुई पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले जुन प्रमाणिकरण गरे, राष्ट्रपतिले संविधानको पालना गरेका छन् । रक्षा गरेका छन् । नागरिकको सन्तानलाई नागरिकता दिन रोक्ने जुन कार्य भएको छ त्यो अन्याय भएको छ । गलत भएको छ । नहुने काम भएको छ । प्रधानमन्त्रीको भारत भ्रमण दुई देशको सम्बन्धलाई अगाडी बढ्ने एउटा अवसरको रुपमा भएको यो भ्रमण थियो । केही अगाडी बढ्यो धेरै कुरा अगाडी बढ्न बाँकी छ । बजेटलाई नसुधार्ने हो भने देशको लागि दुर्भाग्य हो । जनताले दुःख पाउँछन् । विकासको गति अवरुद्ध हुन्छ । र मुलुकमा हुनसक्ला द्वन्द्वको सिर्जना गर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend