logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप कप छनोटको अभ्यास खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै

    विश्वकप कप छनोटको अभ्यास खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै

    5.6K
    Shares
    विश्वकप कप छनोटको अभ्यास खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।

    विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यास खेलका लागि पुगेको नेपाली टोलीले मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजदेखि प्रतिस्पर्धा गर्ने भएको हो ।

    यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्यान्डलाई हराएको थियो । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो ।

    नेपालले गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल भएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।

    समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्।

    प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend