logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ग्रेटर नेपालको नक्सा बालेनको कार्यकक्षमा

    ग्रेटर नेपालको नक्सा बालेनको कार्यकक्षमा

    2.6K
    Shares
    ग्रेटर नेपालको नक्सा बालेनको कार्यकक्षमा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।बिहीबार सभा गृहस्थित रहेको मेयरले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका हुन् ।

    ‘भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो’ महानगर प्रमुख साहका सचिवालयका एक सदस्यले भने, ‘त्यही भएर स्वतन्त्र मेयर भएका कारण उहाँलले ‘टिट फर ट्याट’ गर्न कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने भन्नुभएको थियो।’

    यस्तै, नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको उनको भनाई छ ।

    मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍। जेठ १४ मा भारतले नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो। सो नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत सामेल गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend