काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने छ ।
बैठकमा बजेटमाथिको छलफल जारी रहने छ । गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि छलफल चलिरहेको हाे । बजेटमाथि हालसम्म १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।
विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन् ।