logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जाजरकोटमा पोखरीमा डुबेर २ बालकको मृत्यु

    जाजरकोटमा पोखरीमा डुबेर २ बालकको मृत्यु

    1.4K
    Shares
    जाजरकोटमा पोखरीमा डुबेर २ बालकको मृत्यु

    सुर्खेत । पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको ज्यान गएको छ ।

    प्रहरीका अनुसार भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेतको मृत्यु भएको हो ।

    जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले शुक्रबार खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको जानकारी दिए ।

    दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाएर खेल्न गएका र उनीहरूलाई डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको थियो । तर, दुई जनालाई अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend