logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय सरोकार र अर्थ समितिको बैठक बस्दै

    राष्ट्रिय सरोकार र अर्थ समितिको बैठक बस्दै

    1.5K
    Shares
    राष्ट्रिय सरोकार र अर्थ समितिको बैठक बस्दै

    काठमाडौँ । सिंहदरबारमा अर्थ समितिको बैठक सोमबार बस्दैछ । १० बजेबाट शुरु हुने आजको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

    त्यस्तै, आज नै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ।

    आजको बैठकमा एकीकृत निर्वाचन कानुन तर्जुमा सम्बन्धमा, जिल्ला निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा छलफल हुने कार्यसूची रहेको जनाइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend