logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमानस्थलबाट ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ

    विमानस्थलबाट ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ

    2.3K
    Shares
    विमानस्थलबाट ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार आज सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेस्टर्सलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

    विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले पउलले सुटकेशमा फल्सबटम बनाएर चरेस लुकाई इस्तानबुल लैजाने योजनामा रहेका उनलाई पक्राउ गरिएको बताए ।

    प्रहरीले शङ्का लागेर सुटकेस खोतल्दा ६ किलो ८ सय ६० ग्राम चरेस फेला परेको जानकारी उनले दिए।

    विमानस्थल प्रहरीले उनलाई बरामद लागू औषधसहित लागू औषध नियन्त्रण ब्युरोमा थप अनुसन्धानका लागि पठाएको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend